रियलको पुनरागमन जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो ।
हुयस्काको मैदानमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै जित निकालेको हो ।
रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।
तर, भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ५५ औं मिनेटमा भरानले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसंगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
रियलले २१ खेलमा ४३ अंक जोडेको छ ।
पराजित हुयस्का १६ अंक जोडेर पुछारमा रहेको छ ।