डर्टमण्ड पराजित, लाइपजिग विजयी
२०२१ फेब्रुअरी ६, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार मानिएको बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्ड फ्रेईवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा फ्रेईवर्गलाई जित दिलाउन यु यङ जेङ र जोनाथन स्मिडले एक एक गोल गरे ।
डर्टमण्डका युसुफा मुकोकोले एक गोल फर्काए ।
यो हारसंगै डर्टमण्डले लिगको शीर्ष पाँच भित्र उक्लने मौका गुमाएको छ ।
डर्टमण्ड ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
फ्रेईवर्ग ३० अंक जोडेर आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा आरबी लाइपजिगले साल्केलाई ३-० ले हराएको छ ।
लाइपजिगको जितमा नोर्डी मुकिली, मार्सल सबिट्जर र विलि ओर्बानले एक एक गोल गरे ।
जितसंगै लाइपजिगले २० खेलमा ४१ अंक जोडेको छ ।
लाइपजिग लिगको दोस्रो स्थानमा रहेको छ ।
साल्के ८ अंक जोडेर पुछारमा रहेको छ ।