रामोसको सफल शल्यक्रिया
२०२१ फेब्रुअरी ६, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसको घुँडाको सफल शल्यक्रिया गरिएको छ ।
रियलले शनिबार कप्तान रामोसको दाहिने खुट्टाको घुँडाको शल्यक्रिया सफल भएको जनाएको छ ।
घुँडाको शल्यक्रियापछि रामोस करिब ६ हप्ता मैदान बाहिर रहने भएका छन् ।
रामोसले गत जनवरी १४ पछि चोटका कारण रियलका लागि खेलेका छैनन् ।
उनले पछिल्लो पटक सुपर कोपा अन्तर्गत एथ्लेटिक बिल्बाओविरुद्ध खेलेका थिए ।
अब उनले च्याम्पियन्स लिगमा एटलान्टाविरुद्धको खेल समेत गुमाउने भएका छन् ।