सुजता राई अधिकारी स्मृति फुटबलको तयारी पुरा

बाँके । स्वर्गिय सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
आयोजक रेसिङ्ग साहारा क्लब कोहलपुरले भोलिबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
कोहलपुर क्षेत्रकै सबैभन्दा ठुलो राशीको फुटबल प्रतियोगिता भोलिदेखि फागुन ४ गतेसम्म सञ्चालन हुदैछ ।
प्रतियोगितामा विभागीय टिम सहित १४ क्लबले सहभागीता जनाउने पक्का भएको आयोजकले जनाएको छ ।
कोहलपुरको तेह्र बिगाहा मैदानमा हुने प्रतियोगितामा सहभागी हुने जिल्ला बाहिरका टिम कोहलपुर आईसकेको क्लबका अध्यक्ष यज्ञबहादुर महराले खेलपाटीलाई बताए ।
प्रतियोगिताको उद्घाटन भोलि मध्यान्न कोहलपुर नगर प्रमुख लुटबहादुर रावतले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगिताको पहिलो दिन रेसिङ्ग साहारा बी कोहलपुर र गौरीगंगा कैलालीबीच प्रतिस्पर्धा हुने तय भएको छ ।
प्रतियोगिता नकआउटका आधारमा सञ्चालन गरिनेछ ।
प्रतियोगितमा आयोजक रेसिङ्ग साहाराको ए र बी टिम, लायन्स युथ क्लब सुर्खेत, लर्ड बुद्ध एकेडेमी कौशिलानगर, स्टार एफसी नेपालगञ्ज, कञ्चनजंघा, बाँसगढी बर्दिया, कैलालीको गौरीगंगा ११, कैलालीकै गौरीगंगा १, न्यु डाँफे स्पोर्टस क्लब खजुरा, कोहलपुर स्पोर्टस क्लब, गैरुवा गाउँपालिका बर्दिया, जयकिशन स्पोर्टस क्लब सैनिक र प्रदेश नम्बर ५ को एपीएफ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १ लाख २२ हजार, उपविजेताले ५० हजार रुपैयाँ सहित उपाधि प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।