आर्सनल एस्टनसँग पराजित
२०२१ फेब्रुअरी ६, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।
शनिबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।
एस्टनलाई जित दिलाउन ओली वाट्किन्सले निर्णायक गोल गरे ।
घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै वाट्किन्सले गोल गरेका थिए ।
आर्सनलविरुद्धको जितसंगै एस्टन लिगको आठौं स्थानमा उक्लिएको छ ।
एस्टनले २१ खेलमा ३५ अंक जोडेको छ ।
आर्सनल २३ खेलमा ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
आर्सनलको यो सिजनको दशौँ हार हो ।