बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
  4. /
  5. अमन र मार्ते च्याम्पियन

अमन र मार्ते च्याम्पियन

२०२१ फेब्रुअरी ६, शनिबारखेलपाटी संवाददाता

अमन र मार्ते च्याम्पियन

काठमाडौं । भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच आईटीएफ वर्ल्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।

पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मार्तेले आफ्नै राष्ट्रकी रोमाने लोङग्युभिल्लेलाई सीधा सेटमा ६–० र ६–३ ले हराइन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जो विजेता बनेका थिए । पुरुष डबल्समा भारतका आर्यन लक्ष्मनन् र आर्यन शाह च्याम्पियन भए । यस स्पर्धामा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेता बनेको थियो ।

विजेतालाई आयोजक संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा छदिनसम्म चलेको प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडी सहभागी थिए । यु–१८ उमेरसमूहको प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड र जर्मनी गरी ९ राष्ट्रले भाग लिएको आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

आईटीएफ वर्ल्ड टेनिस टुर– जे ५ अन्तर्गत सर्किट २ सोमबारदेखि सातदोबाटोमै सुरु हुँदैछ । त्यसका लागि छनोट चरणका खेलहरु शनिबारदेखि नै सुरु भएको छ । सर्किट २ मा पनि समान ३२–३२ पुरुष÷महिला खेलाडीले ‘मेन ड्र’ मा सिंगल्स र डबल्स स्पर्धामा खेल्ने छन् ।

प्रतियोगितामा सर्किट १ मा सहभागी ९ राष्ट्रसहित उज्वेकिस्तानको पनि सहभागिता रहने प्रतियोगिता निर्देशक विष्टले जानकारी दिए । छनोट चरणबाट समान ६–६ पुरुष÷महिला खेलाडीले ‘मेन ड्र’ मा प्रवेश पाउने छन् ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास