पहिलो हाफमा आर्मीलाई अग्रता
२०२१ फेब्रुअरी ६, शनिबारखेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ३-० को अग्रता बनाएको छ ।
आर्मीका लागि शर्मिला थापाले दुई गोल गरिन् । रश्मी घिसिङले एक गोल थपिन ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ ।
दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ ।
जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ ।
चौदण्डी पहिलो जितको खोजीमा रहेको छ ।