किरण आबद्द पन्जाबको जित
बिहिबार, २२ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा जित निकालेको छ ।
बिहीबार भएको खेलमा पन्जाबले टिडीम रोड एथ्लेटिक युनियनलाई २-० ले हराएको हो ।
पन्जाबको जितमा चेन्जो ग्याल्जेनले दुई गोल गरे ।
खेलको ४२ औं मिनेटमा चेन्जोले पहिलो गोल गरेका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा चेन्जोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए ।
पन्जाबको जितमा किरणले उत्कृष्ट प्रदर्शन गरे ।
जितसंगै पन्जाब लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
पन्जाबले ८ अंक जोडेको छ ।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
