बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
  4. /
  5. आरभ र अकीको जोडी फाइनलमा

आरभ र अकीको जोडी फाइनलमा

२०२१ फेब्रुअरी ४, बिहिबारखेलपाटी संवाददाता

आरभ र अकीको जोडी फाइनलमा

काठमाडौं । नेपालका अरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वर्ल्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् ।

फाइनलमा हाडा र रावतको जोडीले भारतका आर्यन लक्ष्मनन र आर्यन शाहीको जोडीको सामना गर्नेछ । लक्ष्मनन र शाहीको जोडीले भारतकैे अमन धानिया र योभान नन्दनको जोडीलाई ६–२,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यता महिला डबल्सतर्फ नेपालकी अभिलासा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीमाथि ६–४,६–०को सोझो सेटमा जित हात पार्दै उपाधि नजिक पुगेका हुन् ।

यता दोस्रो सेमिफाइनलमा भने नेपालकी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी सेमिफाइनलमा निराश भएको छ । कोइराला र तामाङको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४, ६–१ ले निराश भएका हुन् । उपाधिका लागि विष्ट र जियानेवायवाको जोडीले को जोडीको सामना गर्नेछ ।

यता पुरुष एकलमा भारतका अमन धानिया,अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरेले अन्तिम ४ मा स्थान पक्का गरेका छन् ।धानियाले भारतकै आर्यन शाहीमाथि ६–२,६–० ले हराउदा यादवले भारतकै अनार्घा गांगुलीलाई ६–४,६–३ ले निराश भए ।त्यस्तै फाउरेले भारतका रोनिन लोट्लिकलाई ६–२,७–५ ले पराजित गर्दा रावतले स्पेनका थोमस परेजलाई ६–०,६–२ ले हराए ।

यता महिलातर्फ बेल्जियमकी मार्टी ल्याम्बरचेट र रोमने लङभेल्ली तथा अमेरिकाकी सायना देशपाण्डे र रातुजा चापाल्रले सेमिफाइनमा स्थान पक्का गरेका छन् ।

मार्टिले अन्तिम ४ मा स्थान पक्का गर्ने क्रममा फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेनमाथि ४–६,६–१,७–६ को जित हात पार्दा रतुजाले बेल्जियमकी क्याट चोपेजलाई २–६,६–४,६–२ को सेटमा हराइन ।

त्यस्तै रोमानेले जर्मनीकी सोन्जा जियानेवायवालाई ७–५,६–१ को सोझो सेटमा पराजित गरिन् ।यता देशपाण्डेले भारतकी मेकहला मनन रिटायर्ड हर्ट भएपछि अन्तिम ४ मा स्थान पक्का गरेकी हुन् ।

प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहेको छन् ।प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, कजाकस्तान, अमेरिका, बेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् ।

नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास