काठमाडौं । पहिलो संस्करणको वीर-उदय स्मृति ब्याडमिन्टन प्रतियोगिता माघको अन्तिम साता आयोजना हुने भएको छ ।
तिलोत्तमा सिर्जनशील सोसाईटीको आयोजनामा हुने प्रतियोगिता माघ २७ र २८ गते हुनेछ ।
नवजीवन क्लबको कभर्डहलमा आयोजना हुने प्रतियोगिताको तयारी समेत पुरा भएको छ ।
आयोजकले प्रतियोगिताको अन्तिम तयारी भईरहेको जनाएको छ ।
दुई दिने प्रतियोगितामा पुरुषको डबल्स र भेट्रान्सतर्फ प्रतिस्पर्धा हुनेछ ।
पुरुष डबल्सको विजेताले ५५ हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार पाउने छन् ।
भेट्रान्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन पुरुष डबल्सतर्फ २५ सय र भेट्रान्सतर्फ २ हजार दर्ता शुल्क लाग्ने छ ।