एजेन्सी । होटलका एक कर्मचारीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि अष्ट्रेलियन ओपनका लागि मेलबर्न पुगेका खेलाडीहरु आईसोलेसनमा बस्नु परेको छ ।
मेलबर्नको ग्राण्ड हायात होटलका एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि खेलाडीहरु आईसोलेसनमा बस्नु परेको हो ।
एक जनामा कोरोना देखिएपछि खेलाडी, पदाधिकारी, सपोर्ट स्टाफ गरि ५ सय देखि ६ सय जना आईसोलेसनमा बसेको बीबीसीले जनाएको छ ।
अष्ट्रेलियन ओपनका लागि मेलबर्न आईपुगेका उनीहरु होटलमै क्वारेन्टिनमा रहेका थिए ।
तर, २९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आईसोलेसनमा पठाईएको हो ।
कोरोनाको महामारीबीच हुन लागेको अष्ट्रेलियन ओपन फेब्रुअरी ८ देखि १२ सम्म हुँदैछ ।
अष्ट्रेलियाको सरकारले प्रतियोगितामा दर्शकलाई प्रवेश अनुमति दिने निर्णय गरिसकको छ ।
सरकारले दैनिक ३० हजार दर्शकलाई खेल हेर्न अनुमति दिने निर्णय गरेको हो ।