काठमाडौं । नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत पुरुष डबल्समा मंगलबार जित हात पारेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा आरभ र अकीको जोडीले भारतका अरुनभा मजुम्दार र वाइत ओब्रियनको जोडीलाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।
महिला डबल्समा नेपालका सलोनी तामाङ र प्रेरणा कोइरालाको जोडीले अमेरिकाकी साइना देशपान्डे र भारतकी भूमिका त्रिपाठीको जोडीलाई ६–३ र ६–४ को सीधा सेटमा हराए ।
पुरुष सिंगल्समा नेपालका सम्यकभूषण वज्राचार्य, श्रीयोग अधिकारी र प्रणव मानन्धर पराजित भए । सोही स्पर्धाको महिलामा नेपालका प्रकृति श्रेष्ठ, अभिलाषा विष्ट र रायना शाहले पराजय व्यहोरे ।
पुरुष डबल्स मा नेपालका इभ्येक जोशी र प्रितम परियार, सम्यक र आर्यन गिरी, श्रीयोग र निश्चल कायश्थ तथा प्रणव र चिराग तिमिल्सिनाको जोडीले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।
उक्त स्पर्धाको महिलामा नेपालका इशाश्री शाह र सर्वानी श्रेष्ठ, अजा रेग्मी र शुभाङ्गीलक्ष्मी शाह तथा रायना र प्रकृति श्रेष्ठको जोडी आ–आफ्नो खेलमा चुके ।