काठमाडौं । एविन श्रेष्ठ र बिनय खातीको जोडीले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
फाइनलमा बसन्त लाल बज्राचार्य र महेश मान बज्राचार्यको जोडीलाई २१-१८ र २१-१७ ले हराउँदै श्रेष्ठ र खातीको जोडी च्याम्पियन बनेका हुन् ।
सुमित घिमिरे र विशाल भण्डारी तथा सन्तोष नेपाल र प्रविन अधिकारीको जोडीले तेस्रो स्थान हासिल गरे ।
प्रतियोगिताको विजेताले २५ हजार प्राप्त गरे । यस्तै उपविजेताले १५ हजार प्राप्त गर्दा तेस्रोले १० हजार प्राप्त गरे ।
जिल्ला ब्याडमिन्टन संघ पाल्पाको आयोजना भएको प्रतियोगितामा सुमित घिमिरे उत्कृष्ट खेलाडी चुनिए ।
सुमित घिमिरे र विशाल भण्डारीको टिम उत्कृष्ट टिम घोषित भए ।
पुरण गाहा र न्यौपानेको जोडीले राईजिङ टिम चुनिए ।