अष्ट्रेलियन ओपन दर्शकसहित
शनिबार, माघ १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलियन ओपन ग्राण्डस्लाम टेनिस दर्शक सहित हुने भएको छ ।
अष्ट्रेलिया सरकारले अष्ट्रेलियन ओपनको खेल हेर्न दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको छ ।
भिक्टोरिया मिनिस्टर फर स्पोर्ट्सले दैनिक ३० हजार दर्शकलाई खेल हेर्न अनुमति दिने निर्णय गरेको छ ।
क्वाटरफाइनलमा भने २५ हजार दर्शकलाई अनुमति दिईने बताईएको छ ।
अष्ट्रेलियन ओपन फेब्रुअरी ८ देखि १२ सम्म मेलबर्नमा हुँदैछ ।
प्रतियोगिताको लागि खेलाडीहरु मेलबर्न पुगिसकेका छन् ।
खेलाडीहरु क्वारेन्टिनमा बसेका छन् ।
कोरोना भाईरसको महामारीबीच प्रतियोगिता हुन लागेको हो ।
अष्ट्रेलियाले यस अघि बिग बास लिगमा समेत सिमित दर्शकलाई मैदान प्रवेशको अनुमति दिएको थियो ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


