बुटवल । बुटवल ब्याडमिन्टन क्लबको अध्यक्षमा गोपाल टण्डन निर्वाचित भएका छन् ।
बुटवलमा शनिबार भएको ५ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनबाट टण्डन निर्विरोध अध्यक्ष चयन भएका हुन् ।
यस्तै क्लबको प्रथम उपाध्यक्षमा पंकज ज्ञवाली, द्धितृय उपाध्यक्षमा नलराज नेपाल, तृतीय उपाध्यक्षमा तुल्सीराम भटृराई (शम्भु ) सचिवमा भरत राना, कोषाध्यक्षमा भानु खत्री , सहसचिवमा राजु खरेल र सह कोषाध्यक्षमा घनश्याम पौडेल (रामु) चयन भएका छन् ।
सदस्यमा दिलिप गौचन,नारायण तिवारी, दीपक भटृराई, शेर बहादुर भण्डारी, वालधर गोदार ,त्रिबिक्रम हेजू र वालकृष्ण पाण्डे चयन भए ।
साधारण सभाको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले गरेका थिए ।