काठमाडौं । पोखराको विशाल खड्का र विधान अधिकारीको जोडीले गुल्मीको रुरुक्षेत्र बलेटक्सारमा आयोजना भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
बलेटक्सार ब्याडमिन्टन कभर्डहलमा सोमबार भएको 'ए' ग्रेडको फाइनलमा राजु थापा र विनोद पौडेलको जोडीलाई हराएर विशाल र विधानको जोडी च्याम्पियन बनेको हो ।
यस्तै बैकुण्ठ श्रेष्ठ र सरोज खत्री तथा राजन काउचा र दिलेन्द्र पुनको जोडीले तेस्रो स्थान हासिल गरेको रेफ्री प्रमोद पहरीले जानकारी गराए ।
'ए' ग्रेडको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रोले १० र सान्त्वनाले ५ हजार प्राप्त गरेका छन् ।
'बी' ग्रेडको उपाधि खडक आले र सुमन थापाको जोडीले जिते । विवेक न्यौपाने र जेनिस शेरचनको जोडी उपविजेता बने ।
राजेन्द्र मल्ल ठकुरी र दान बहादुर आर्घली तथा दिवन काला र भरत थापाको जोडी तेस्रो भए ।
'बी' ग्रेडको विजेताले २० हजार, उपविजेताले १५ हजार, तेस्रोले ७ हजार र सान्त्वनाले ३५ सय प्राप्त गरे ।
भेट्रानतर्फको उपाधि बाल सिंह काउछा र महेश काउछाको जोडीले जिते । नवराज श्रेष्ठ र प्रितम काउछाको जोडी उपविजेता बने ।
मधु ज्ञवाली र गोपाल टण्डन तथा राम खत्री बलराम पन्थीको जोडी तेस्रो भए ।
भेट्रानको विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार प्राप्त गरे ।
बलेटक्सार ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा दिवन काला उत्कृष्ट खेलाडी र बैकुण्ठ श्रेष्ठ अनुशासित खेलाडी भए ।
उत्कृष्ट खेलाडीले २५ सय प्राप्त गर्दा अनुशासित खेलाडीले २ हजार प्राप्त गरे ।