मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल ओपनको मुख्य तीन विधामा प्रायोजन

सोमबार, ०५ माघ २०७७खेलपाटी संवाददाता
नेपाल ओपनको मुख्य तीन विधामा प्रायोजन
Loading ad...
mustang rice ad

काठमाडौं । विभिन्न ६ संस्थाको आयोजनामा हुन लागेको नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिताको मुख्य तीन विधा ‘मोस्ट पपुलर प्लेयर’ तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीको पुरस्कार ३ जना तेक्वान्दोकर्मीले प्रायोजन गर्ने भएका छन् ।

युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा चयन गरिने ‘मोस्ट पपुलर प्लेयर’ को पुरस्कार राशी १ सय ५० अमेरिकी डलर युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङले प्रायोजन गर्ने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार अमेरिकामा बस्दै आएका पूर्व तेक्वान्दो खलाडी गणेश थापा तथा उत्कृष्ट महिला खेलाडीको पुरस्कार धनुषाको लालगढ निवासी पूर्व तेक्वान्दो खेलाडी तिलक लामाले उपलब्ध गराउने छन् । दुवै विधाको पुरस्कार राशी जनही १ सय अमेरिकी डलर रहेको छ ।

आयोजकले प्रतियोगितामा आर्थिक सहयोग गर्ने विभिन्न देशी विदेशी सहयोगीहरुको नाम पनि सार्वजनिक गरेको छ । आयोजकका अनुसार प्रेमकुमार दर्नाल (साउदी अरब) ले ६ हजार, राष्ट्र राई (युके) ले १५ हजार, घनश्याम गुरुङ (साउदी अरब) ले ५ हजार, गणेश गुरुङ (हङकङ) ले १० हजार, सुशिलकुमार श्रेष्ठ (जापान) ले ५ हजार, मकाउ तेक्वान्दो टिमले २० हजार, राकेश केसी (मकाउ) ले २५ हजार, अभय श्रेष्ठ (युएई) ले ५ हजार र पञ्च राना मगर    (जापान) ले १० हजार उपलब्ध गराएका छन् ।

त्यस्तै देउकाजी गुरुङ (हङकङ) ले ५ हजार, कुँवेर सापकोटा (नेपाल) ले १० हजार, रविन्द्र खड्गी (नेपाल) ले १० हजार, कुमार कार्की (अमेरिका) ले १० हजार, धीरज गुरुङ (युके) ले १५ हजार, विशाल खड्गी (अस्ट्रेलिया) ले १० हजार र नवराज पुडासैनी (नेपाल) ले १० हजार सहयोग गरेका छन् ।

अन्य सहयोगीहरु थपिदै गए पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा माघ १३ र १४ गते हुँदै छ ।

पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुने छ । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए