एजेन्सी । युएस ओपन टेनिसको फाइनलको दौरान सुरु भएको विवाद अहिलेसम्म रोकिएको छैन । सेरेना विलियम्सलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा १७ हजार डलर जरिवाना गरिएको छ ।
उनले फाईनलमा रेफ्रीलाई 'झुठो' र 'चोर' भनेकी थिईन् । सो खेलमा जापानकी नाओमी ओसाकाले जितेकी थिईन् । तर, खेल दोस्रो तरिकाले चर्चामा छ ।
रेफ्रीले पहिला अपशब्द प्रयोग गरेबापत पेनाल्टी लगाएका थिए । तर फेरी रिसमा आएर सेरेनाले र्याकेट मैदानमा भाँचेपछि दोस्रो पटक पेनाल्टी लगाईएको थियो ।
तर, सेरेनाले आफुमाथि जरिवाना लगाउने बिषयलाई 'लैङिक विभेद' भनेकी छिन् । महिला भएका कारणले सो जरिवाना गरिएको उनको आरोप छ ।
के सेरेनाको कुरा साँचो हो वा रिसमा खेलाडीले बोलेको सामान्य प्रतिक्रिया हो ?
टेनिस खेलाडी सु बार्करले भनेका छन्, ‘रेफ्री आफ्नो नियमले चलिरहेका थिए । तर सेरेनाले जे भनिन्, त्यसमा समेत दम छ ।’
विश्व नम्बर ३ समेत रहेका बर्करले भनेका छन्, ‘मैले कतिपय खेल देखेको छु । जसमा पुरुष खेलाडीले रेफ्रीमाथि बोलेका हुन्छन् । तर उनीमाथि पेनाल्टी दिईएको हुदैन् ।’
उनले भने, ‘रेफ्री नियमले चलेका थिए । कति नियम दोहराएर लेख्न आवश्यक छ । कति खेलाडीलाई फरक नियम हुन सक्दैन । कति रेफ्रीले यसको पालना गरेको देखिदैन । खेलाडीलाई दोष दिन्छन् । सबै खेलाडीलाई एक जसरी व्यवहार गर्न आवश्यक छ ।’
यही प्रतियोगितामा एलीज कोरनेटलाई कोर्टमै टिसर्ट फेरेको भन्दै जरिवाना गरिएको थियो । जसमा धेरै विवाद समेत भएको थियो ।
दर्शक दिर्घामा बसेका सेरेनाका प्रशिक्षकले केही इशारा गरेका थिए । जसलाई रेफ्रीले प्रशिक्षण दिएको माने ।
तर सेरेनाले आफुले कुनै इशारा नपाएको बताएकी छिन् । सेरेनाले रेफ्रीलाई भनेकी थिईन्, ‘म जित्नकालागि कहिल्यैपनि धोका दिन सक्दिन । यसो गर्नु भन्दा म पराजित हुन इच्छा राख्छु् ।’
प्रशिक्षक पेट्रिकले आफुले बक्सबाट इशारा गरेकाे बताएपनि सेरेनाले त्यसलाई नदेखेकाे बताएका छन् । तर दोस्रो सेटमा सेरेनाले र्याकेट तोडिन । त्यसपछि रेफ्रीले कोर्टको उल्लंघन मानेका थिए । जसका कारण सेरेनाले अंक गुमाउनु परेको थियो ।
ओसाका सो समय ४–३ ले अगाडी थिईन् । सेरेनाले रेफ्रीतर्फ चिच्चाएर भनेकी थिईन्, ‘तपाई झुट हो, जब सम्म तपाई जिविति हुनुहुन्छ । मेरो कोर्टमा आउनु हुने छैन । तपाइले मसंग माफी माग्नुपर्नेछ ।’
यसमा रेफ्री कार्लोस रामोसले अगाडीको खेलकालागि पेनाल्टी लगाए । जसमा ५–३ अगाडी रहेकी ओसाका मात्र एक खेल टाढा थिईन् ।
नियममा के छ ?
आईटीएफ ग्रान्डस्लामका अनुसार
१ यदी कुनै अधिकारी, विरोधी, प्रायोजक, दर्शक वा कुनै दोस्रो व्यक्तिको भद्दा र अपमानजक कुरा गरेपछि त्यसलाई अपशब्द मानिने छ ।
२, र्याकेट वा दोस्रो सामान तोड्नेलाई गलत मनसायकोसाथ खतरनाक र हिंसक तरिकाबाट नोक्सान पुर्याएको मानिनेछ ।
३. खेलाडीको म्याच जारी रहेको समय कुनै प्रकारको प्रशिक्षण दिन पाईने छैन । प्रशिक्षक र खेलाडीबीचको कुनैपनि सञ्चारलाई प्रशिक्षण मानिनेछ ।
यस खेलका कारण विवादमा आएका कार्लोस रामोस पोर्चुगलका रेफ्री हुन् । इन्टरनेश्नल टेनिस फेडेरेसनको वरियता अनुसार उनी गोल्ड ब्याजका निर्णायक हुन् ।
उनी सबै चार ग्रान्डस्लाम टेनिस प्रतियोगितमा बस्ने पहिलो रेफ्री बनेका थिए । उनीले धेरै हाईप्रोफाइृनल खेलमा रेफ्रीको भुमिका निवाृह गरिसकेका छन् । कति खेलाडीसंंग उनको कोर्टमा विवाद समेत भएको छ ।
टेनिसका धेरै स्टार खेलाडी रेफ्रीसंग विवादमा परेका छन् । आफ्नो शानदार टेनिस जिवनका लागि परिचित जोन म्याकनरो आफ्नो रिसका लागि धेरै बदनाम छन् ।
सन् १९८१ म विम्बल्डन टेनिसमा उनले रेफ्री एडवर्ड जेम्सलाई बेवकुफ बताएका थिए । जसमा उनलाई १५ हजार जरिवाना तोकिएको थियो । तर पनि उनी म्याच जित्न सफल भए । उनी यति रिसाहा थिए । अन्तिममा उनी च्याम्पियन्स डिनरमा सहभागी नै भएनन् ।