काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि त्रिभुवन आर्मी क्लबले टिमको घोषणा गरेको छ ।
आर्मीले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो । आर्मीको कप्तानी विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले गर्ने छन् ।
यस्तै टिममा रोहित कुमार पौडेल, राजु रिजाल, राजेश पुलामी, जितेन्द्र मुखिया, अनिल मण्डल, भिम सार्की, सुशन भारी, साहब आलम, राजेश पुलामी, विक्रम सोब, हरि चौहान, आकाश चन्द, हरिकृष्ण झा र लोकेश बम रहेका छन् ।
प्रधानमन्त्री कप क्रिकेट भोलिबाट टियु क्रिकेट मैदान सुरु हुँदैछ ।
उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह 'बी' मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।