काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश-१ ले टिमको घोषणा गरेको छ ।
प्रदेश-१ ले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो ।
प्रदेश-१ ले घोषणा गरेको टिमको कप्तान सिद्धान्त लोहनी रहेका छन् ।
यस्तै टिममा फिर्दोस अंसारी, मनिस थापा, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, सोनु मण्डल र जोसाक खड्का रहेका छन् ।
त्यस्तै विवेक मेहेता, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ र हेमन्त राई रहेका छन् ।
वैकल्पिक खेलाडीमा सुजन थपलिया, आशिष श्रेष्ठ, सरोज बस्नेत र प्रजोल खत्री रहेका छन् ।
पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह 'बी' मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।