काठमाडौं । नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ र युवा स्टार प्रिन्स दाहालले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
सिराहाको गोलबजारमा बुधबार नेपाली सेनाका रत्नले एपिएफलका सुमन लिम्बुलाई २१-७, २१-११ ले पराजित गरे । यस्तै दोस्रो खेलमा रत्नले एपिएफका गौतम कठायतमाथि २१-१८, २१-१२ को जित निकाले ।
सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१-१६, २१-११ ले तथा दोस्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१-१२, २१-१३ ले पराजित गरे ।
यसैगरि एपिएफका दीपेश धामीले बाँकेका ईरफान अन्सारीमाथी २१-११, २१-७ ले तथा पुलिसका सुनिल जोशीमाथी २१-१८, २१-११ को जित निकाले ।
सेनाका प्रफुल महर्जनले पुलिसका दीपक बोहरामाथी २१-८, १९-२१ र २१-८ तथा भोजपुरका बिकास श्रेष्ठमाथी २१-१७, २१-२३, २४-२२ को जित निकाले ।
सेनाकै नविन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनिल जोशीलाई ९-२१, २१-१७, २१-१७ तथा दोस्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१-७, २१-१३ ले पराजित गरे ।
भोजपुरका खेलाडी बिकास श्रेष्ठले एपिएफका विजीत थापा मगरमाथी २१-१६, २१-१९, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारमाथी २१-१२, ९-२१, २१-१८ले, एपिएफका गौतम कठायतले धादिङका सुदीप सेंढाईलाई २१-९, २१-१०ले, एपिएफका सुमन लिम्बुले सेंढाईलाई २२-२०, २१-१० ले पराजित गरे ।
महिला राष्ट्रिय १२ र्याङ्किङ लिग प्रतियोगितामा एपिएफकी शोभा गौचनले धादिङकी तारा आलेलाई २१-१२, २१-११ले, सेनाकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१-६, २१-५ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१-३, २१-३ ले तथा एपिएफकी जेशिका गुरुङले मनिषालाई २१-५, २१-४ ले पराजित गरे ।
भोजपुरकी नङ्गशलदेवी तामाङले विराट ब्याडमिन्टन क्बलकी २१-१९, २१-१२ ले तथा सेनाकी अमिता गिरीले एपिएफकी सुनैना मुखियालाई २१-१५, २०-२२, २१-१५ ले पराजित गरे ।
पुरुष एलकलको राष्ट्रिय १ र्याङ्किङ बाहेकका प्रतिस्पर्धामा विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका बिशाल तामाङ, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एस.एच.का सुजन थाप पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।
नेकपा निकट खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको खेलकुद महासंघका संयोजक पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रम विच उद्घाटन गरे ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आवद्ध ४७ जिल्ला तथा तीन विभागिय टोलीका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा पुरुष तर्फ राष्ट्रिय १६ र्याङ्किङ र महिला तर्फ राष्ट्रिय १२ र्याङ्किङ खेलाडीहरुको छुट्टै प्रतिपर्धा हुनेछ ।
त्यसबाहेक पुरुष र महिल एकल तथा युगल, ब्वाईज र गर्ल्स १७ तथा भेट्रान्स ४५ माथी गरि ९ विधामा प्रतिस्पर्धा हुनेछ ।