काठमाडौं । तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा नविन उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् ।
नवीनले १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल भएका थिए ।
उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीले पदक जितेका थिए ।
यस्तै उनी चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक थिए ।
वर्ष प्रशिक्षकमा नविनसँगै उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका थिए ।