काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि कर्णाली प्रदेशले खेलाडी छनोट गरेको छ ।
कर्णालीले मंगलबार प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो ।
रविन्द्र जंग शाहीको कप्तानीमा कर्णालीले टिमको घोषणा गरेको हो । कर्णाली प्रदेशको टोलीले ५ दिन नेपालगन्जमा तयारी गर्नेछ । त्यसपछि टिम प्रधानमन्त्री कपका लागि काठमाडौं प्रस्थान गर्नेछ ।
पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह 'बी' मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।
कर्णालीको टिम -