एजेन्सी । घरेलु टिम अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ ।
तेस्रो टेस्ट बराबरीमा सकिएसँगै दुई टिमबीचको चौंथो तथा अन्तिम टेस्ट निर्णायक हुने भएको छ ।
सिड्नीमा टेस्टको अन्तिम दिन सोमबार भारतले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
भारतका लागि ऋषब पन्तले ९७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै चेतेश्वर पुजाराले ७७ रन जोड्दा रोहित शर्माले ५२ रन बनाए ।
रविचन्द्र आश्विनले ३९ रन जोड्दा हनुमा विहारीले अविजित २३ रन बनाए । सुबमन गिलले ३१ रन जोडे ।
अष्ट्रेलियाका जोस हाजलउड र नाथन लायनले २/२ विकेट लिए ।
यस अघि चौंथो दिन अष्ट्रेलियाले ३ सय १२ रन जोडेर दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले विशाल लक्ष्य पाएको हो ।
दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ८४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै स्टिभ स्मिथले ८१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्नुस लेबुसचेनले ७३ रन बनाए ।
कप्तान टिम पेन ३९ रनमा अविजित रहे । डेभिड वार्नर १३ र विल पोकोवस्कीले १० रन बनाएर आउट भए ।
भारतका नाभदिप शैनी र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।
भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४४ रन बनाएको थियो ।
भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै ऋषब पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे ।
रोहित शर्माले २६ र कप्तान अजिन्का रहाने २२ रन बनाए ।
अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । जोश हाजलउडले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो ।
घरेलु टोलीका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय इनिङ्स खेले । रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएका थिए ।
ओपनर विल पोकोवस्कीले ६२ रन बनाएको ईनिङ्समा मार्नस लेबुसचेनले शतक बनाउन ९ रनले चुके । उनलाई जडेजाले अज्निका रहानेको हातबाट क्याच आउट गराए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।
भारतका जडेजाले ४ तथा जस्प्रित बुम्राहा र नाभदीप शैनीले २/२ विकेट लिए । मोहमद सिराजको नाममा एक विकेट रह्यो ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।
पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो ।