अलीले पहिलो टेस्ट गुमाउने
सोमबार, २७ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमका अलराउण्डर मोइन अलीले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।
कोरोना भाईरसको संक्रमणको कारण अलीले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले अलीले पहिलो टेस्ट गुमाउने पुस्टि गरेका छन् ।
अली कोरोना देखिएपछि सेल्फ आईसोलेसनमा रहेका छन् ।
तर, पछिल्लो परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आईसकेको छ ।
कोरोना नेगेटिभ आएपनि अलीले अनिवार्य १० दिनको आईसोलेसन बस्नु पर्नेछ ।
इंग्ल्यान्डले श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्दैछ ।
पहिलो टेस्ट जनवरी १४ मा सुरु हुनेछ । दोस्रो टेस्ट जनवरी २२ मा सुरु हुनेछ ।










-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)



-1767840835858.webp&w=3840&q=75)