काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि बागमती प्रदेशले टिमको घोषणा गरेको छ ।
बागमती प्रदेशले प्रतियोगिताको लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो ।
बागमतीले घोषणा गरेको टिममा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।
यस्तै टिममा पृथु बास्कोटा, इशान पाण्डे,आदील खान, आकाश थापा, बिभत्सु थापा, राम नरेश गिरि, नन्दन यादब र गौतम केसी रहेका छन् ।
त्यस्तै सुमित झा,अरियो पौडेल, सुवास खत्री, रिजन ढकाल,विपिन आचार्य, पवन गोपाल श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलक राज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल,विशाल फुयाल, प्रतिक श्रेष्ठ,नभिन यादब र तक्षक सिम्खडा रहेका छन् ।
पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह 'बी' मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।