काठमाडौं । कोरोना भाईरसको महामारीपछि आयोजना भएको पहिलो क्रस दुवाथलन सिरिजको उपाधि सुरेश भुजेल र अनिशा गुरुङले जितेका छन् ।
नेपाल ट्राईयाथलन संघको आयोजना टोखामा शनिबार भएको सिरिजमा पुरुषतर्फ सुरेश र महिलामा अनिशा च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फको उपाधि जित्ने क्रममा सुरेशले ३५ः४० मिनेटको समय निकाले । पुरुषतर्फ प्रेम सिंह मोया ३७ः०८ मिनेटको दोश्रो र आईतसिंह तामाङ ३७ः१३ मिनेटका साथ तेश्रो भए ।
विजेताले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।
दोश्रो हुने खेलाडीहरुले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे ।
अनिशाले ४३ः५४ मिनेटको समय निकालिन् । महिलाको विजेताले काठमाडौं गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरिन् ।
महिलातर्फ ४८ः४३ मिनेट समयका साथ सुधा राई दोस्रो र ५२ः३४ मिनेटका साथ युश्का महर्जन तेश्रो भए । दोश्रो हुने खेलाडीहरुले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक राज जोशीले पुरस्कृत गरे ।
प्रत्येक दुई दुई हप्ता चार महिनासम्म आयोजना हुने सिरिजको दोश्रो संस्करण माघ १० गते किर्तिपुरमा आयोजना हुनेछ ।
यस्तै नेपाल ट्राईयाथलन संघ र जम्प नेशनविच सहकार्य गर्ने सम्झौता भएको छ । पहिलो चरणमा एक वर्षको लागि भएको सम्झौतामा संघले आयोजना गरेको सिरिज र अन्य च्याम्पियनसिप तथा प्रतियोगिताहरुमा ईभेन्ट म्यानेजमेन्ट सम्वन्धि सम्पूर्ण कार्य जम्प नेशनले गर्ने गरि सम्झौता भएको हो ।
नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र जम्प नेशनका प्रतिनिधी आशिष कुलले सम्झौता पत्र आदान प्रदान गरे ।