मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पोर्टस अवार्डलाई केल्मीको साथ

शुक्रबार, २४ पौष २०७७खेलपाटी संवाददाता
स्पोर्टस अवार्डलाई केल्मीको साथ
Loading ad...
mustang rice ad

काठमाडौं । १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले केल्मी नेपालसँग प्रायोजन सम्झौता गरेको छ ।

आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेबीच प्रायोजन.सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अवार्डको सह–प्रायोजकको रुपमा केल्मी नेपालले १ सय थान ज्याकेट, १ सय थान पोलो टी–सर्ट र ३५ सेट गिफ्ट ह्याम्पर उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले कोभिडको कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले साग खेलकुदमा खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्न समेत अवार्ड कार्यक्रमसंग जोडिएको उल्लेख गरे ।

मञ्चका अध्यक्ष सुबेदीले बिषम परिस्थितीमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए ।

घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुदैछ ।

अवार्डका लागि यसअघिनै पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । हरेक विधामा ५–५ जना मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् । पिपल्स च्वाइसको भोटिङका लागि ई–सेवासँग पनि सम्झौता भइसकेको छ ।

त्यस्तै वर्षका पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् । वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन् ।

त्यस्तै, वर्षका युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन् । यस्तै, वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसंग प्रायोजन सम्झौता नवीकरण गरेको आयोजक मञ्चले सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङसंग सहकार्य रहेको छ । अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक