काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आईसोलेसन सुबिधा आवश्यकता परेको छ ।
एन्फाले आयोजना गर्ने विभिन्न प्रतियोगिताका लागि खेलाडी र पदाधिकारी बस्नका लागि आईसोलेसन सुविधाको आवश्यकता परेको हो ।
एन्फाले राष्ट्रिय महिला लिग, सहिद स्मारक 'बी' र 'सी' डिभिजन लिग र एन्फाबाट सिफारिस गरिएको खेलाडी र पदाधिकारीको लागि आइसोलेसन सुविधा आवश्यक परेको जनाएको छ ।
एन्फाले आईसोलेसन प्रदान गर्न इच्छुक संघसंस्था र व्यक्तिलाई आफ्नो सुविधासहितको विवरण पठाउन आग्रह गरेको छ ।
एन्फाले माघ ७ गतेबाट महिला लिग आयोजना गर्दैछ । यस्तै 'बी' लिग फागुन ११ र 'सी' लिग चैत १ गतेबाट गर्दैछ ।
उक्त प्रतियोगिता अघि खेलाडी र पदाधिकारीले आईसोलेसन सेन्टरमा विताउनु पर्नेछ ।