काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउटले मानवसेवा आश्रमसंग सहकार्य गर्ने भएको छ ।
युवाहरुमा मानवीय भावना जागृत गराउन खेलकुद मन्त्रालय अन्तर्गतको स्काउटले मानवसेवा आश्रमसंग सहकार्य गरेर अघि बढ्ने भएको हो ।
स्काउटमा आबद्ध युवा तथा बालबालिकालाई आमाबुवा तथा जीवनको महत्व बुझाउन आश्रममा रहेका वृद्ध तथा बालबालिकाको सहयोगमा स्काउटले योगदान गर्ने भएको हो ।
स्काउटका प्रमुख लोकबहादुर भण्डारीले आश्रममा उद्धार गरिएका वृद्ध वृद्धा र बालबालिकाको सेवामा आबद्ध गराउन स्काउटल आफ्नो तर्फबाट योगदान गर्ने बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्काउटलाई मानवसेवा आश्रमसंग जोड्ने काम गरेका हुन् । थपलियाकै उपस्थितीमा स्काउट र मानवसेवा आश्रमबीच सहकार्य गरेर अघि बढ्ने सहमती बनेको छ ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको स्काउटले युवा तथा बालबालिकाको सर्वाङ्गिण विकासमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।