काठमाडौं । मोटरस्पोर्टसको धुलिखेलमा अवस्थित रेस ट्रयाक विधीवत रुपमा सञ्चालनमा आएको छ ।
हिमालयन मोटरल्याण्ड सर्किट नामाङ्क गरिएको रेस ट्रयाकको व्यवस्थापन अल्टिमेट हिमालयन मोटर ल्याण्डले गर्नेछ ।
करिब ४ दशमलव ५ करोड लगानीमा सञ्चालमा आएको रेस ट्रयाकमा मोटरस्पोर्टसका विविध खेल सञ्चालन गर्ने योजना रहेको छ ।
शुक्रबार मोटरस्पोर्टसको राष्ट्रिय खेललाई धुलिखेलका मेयर कुमार ब्यञ्जुले उद्घाटन गरेका थिए ।
हिमालयन मोटरल्याण्ड सर्किटमा विभिन्न खेलहरु प्रर्दशन गरिएको थियो । अन्तराष्ट्रिय खेलाडी रोनी भारतीले अटो जिमखान प्रर्दशन गरेका थिए ।