एजेन्सी । रोजर फेडेररले वर्षको पहिलो ग्रान्डस्लाम अष्ट्रेलियन ओपन नखेल्ने भएका छन् ।
दायाँ खुट्टाको सल्यक्रिया गरेका फेडेररले वर्षको पहिलो ग्रान्डस्लाम गुमाउने भएका हुन् ।
उनी प्रतियोगिताका ६ पटकका च्याम्पियन हुन् ।
फेडेरर हाल दुबईमा अभ्यास गरिरहेका छन् । उनले यस वर्ष समेत सुरुवातमा अष्ट्रेलियन ओपन बाहेक कुनैपनि प्रतियोगिता खेलेनन् ।
फेडेररका एजेन्ट टोनी गाडसिकले २० पटकका ग्रान्डस्लाम विजेता फेडेरर एटीपी टुरमा पुनरागमन गर्ने योजना बनाएका छन् । उनले हाल सन् २०२१ का लागि आफुले खेल्ने प्रतियोगिताको क्यालेन्डर बनाउनमा ब्यस्त रहेका छन् ।
‘रोजरले सन् २०२१ को अष्ट्रेलियन ओपन नखेल्ने निर्णय लिएका छन् । घुट्टाको सल्यक्रियापछि पछिल्लो दुई महिनामा उनमा उल्लेख्य सुधार आएको छ ।’ उनका एजेन्ट गाडसिकले भनेका छन् ।
उनले भने, ‘तर उनले आफ्नो टिमसंग सल्लाहा गरेर अष्ट्रेलियन ओपनपछि टेनिसमा दमदार पुनरामगन गर्ने निर्णय लिएका छन् ।’
अष्ट्रेलियन ओपनको मुख्य ड्र खेल कोरोना भाईरसको महामारीका कारण तीन हप्तापछि मात्र सुरु हुनेछ । प्रतियोगिता फेब्रुअरी ८ बाट मेलबर्न पार्कमा खेलिनेछ ।