बिहिबार, १८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘क्लब लाईसेन्स ब्यवसायीक फुटबलको सुरुवात’

बिहिबार, ०९ पौष २०७७खेलपाटी संवाददाता
‘क्लब लाईसेन्स ब्यवसायीक फुटबलको सुरुवात’
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले एएफसीको क्लब लाईसेन्स ब्यवसायीक फुटबलको सुरुवात भएको बताएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले विभागीय टिम आर्मीले प्राप्त गरेको एएफसी क्लब लाईसेन्सलाई घरेलु फुटबलको ऐतिहासिक उपलब्धिको रुपमा ब्याख्या गरेका छन् ।

‘आर्मीले प्राप्त गरेको लाईसेन्सबाट नेपाली क्लब फुटबलले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । पहिलो एएफसी क्लब लाईसेन्स प्राप्त गर्ने क्लब, आर्मी बनेको छ । पहिलो क्लब भएकाले ऐतिहासिक महत्व त छँदैछ ।’ शेर्पाले खेलपाटीसंग भने ।

विभागीय टिम आर्मी एएफसी क्लब लाईसेन्स प्राप्त गर्ने नेपालको पहिलो क्लब बनेको छ । विभागीय टिम आर्मीले सन् २०२१ मा हुने एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगतामा सहभागीता जनाउन पाउनेछ ।

‘लिग खेलेपछि च्याम्पियन क्लब विदेशी प्रतियोगिता खेल्न नपाउने अवस्था बनेको थियो । क्लब लाईसेन्स प्राप्त गरेपछि लिगमा दोस्रो हुने टिमले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।’ उनले भने ।

गत वर्षको ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो । आर्मीलाई अन्तिम खेलमा पराजत गर्दै मछिन्द्र लिग च्याम्पियन बनेको थियो । तर एएफसीको क्लब लाईसेन्स नभएको अवस्थामा मछिन्द्रले एएफसी कप गुमाउने अवस्था बनेको थियो ।

क्लब लाईसेन्सको मान्यता प्राप्त गरेपछि एएफसी कपमा नेपालको प्रतिनिधित्व विभागीय टिम आर्मीले गर्न पाउने भएको हो ।

एन्फा अध्यक्ष शेर्पा क्लब लाईसेन्सिङ लागु भएसंगै ब्यवसायीक फुटबलका लागि सहज वातावरण निर्माण हुने बताए ।

‘आर्मीले क्लब लाईसेन्सिङ प्राप्त गरेपछि अन्य क्लबहरु जसले फुटबलमा लगानी गरेको छ । उनीहरुलाई समेत उर्जा र प्रेरणा मिलेको छ ।’ उनले भने, ‘यसले ब्यवस्थित ढङ्गले फुटबल सञ्चालन गर्ने बाटो खुलेको छ ।’

क्लब लाईसेन्सिङको मापदण्डमा युवा खेलाडी विकासदेखि क्लबलाई ब्यवस्थित बनाउन आवश्यक पर्ने जनशक्तिको ब्यवस्था गर्नुपर्ने उल्लेख छ ।

क्लब लाईसेन्स लागु भएसंगै ब्यवस्थित ढङ्गले फुटबल सञ्चालन गर्न बाटो खुल्ने एएफसीको अपेक्षा छ ।

एएफसीले सन् २०१४ देखि क्लब लाईसेन्सिङ लागु गर्न एन्फालाई दबाब दिदै आएको थियो । झण्डै ६ वर्षको अन्तरमा आर्मी क्लबले मात्र एएफसीको क्लब लाईसेन्स पाउन सफल बनेको छ ।

‘निर्वाचित बनेर आएको पहिलो वर्षमा लाईसेन्सका लागि आवेदन दिएका थियौ । तर सफल भएनौ । दोस्रो पटकका आर्मीलाई सफल बनाएका छौ । यो भन्दा बढी क्लबले चाँडै लाईसेन्स प्राप्त गर्ने विश्वास लिएका छौ ।’ शेर्पाले भने ।

एन्फा अध्यक्षका अनुसार क्लब लाईसेन्स प्राप्त गरेसंगै क्लबसमेत ब्यवसायीक बन्ने बाटोमा अग्रसर हुने दाबी गरे ।

‘लाईसेन्सिङ लागु भएसंगै क्लबको आर्थिक लगायतका सम्पुर्ण पक्ष ब्यवस्थित हुन्छ । फुटबल क्लबको बजारीकरण पनि राम्रो हुन्छ ।’ उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
xTreme Energy Drink
एनभीएलको विजेताले २० लाख नगद पाउने

एनभीएलको विजेताले २० लाख नगद पाउने

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने