शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

स्पोर्टस अवार्डलाई डिश मिडियाको साथ

बुधबार, पुष ८, २०७७खेलपाटी संवाददाता
स्पोर्टस अवार्डलाई डिश मिडियाको साथ
Classic Tech Internet Ad

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिश मिडिया नेटवर्क लिमिटेड जोडिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजक सम्बन्धि सम्झौता गरेको हो ।

मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मुख्य सह–प्रायोजकको रुपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरि ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्नेछ ।

सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउने छ ।

जिन्सी अनुसार डिस मिडियाले अवार्ड विजेता खेलाडीलाई १३ थान कनेक्सनको दुई वर्षको रिचार्ज सहितको सेवा उपलब्ध गराउनेछ । यस्तै, २० जना मनोनयनमा परेका खेलाडीलाई २० थान डिस होम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थाप सेट–अप बक्स दुई वर्षको रिचार्ज सहित उपलब्ध हुने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता पछि मञ्चका महासचिव ओलीले कठिन अवस्थामा हुन लागेको अवार्ड कार्यक्रममा डिस होमले गरेको प्रायोजनका लागि धन्यबाद ब्यक्त गरे । 

डिश मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डको निरन्तरता मुख्य विषय रहेको उल्लेख गर्दै कठिन अवस्थामा समेत आफु जोडिन पाउँदा खुसी लागेको बताए ।

खेल क्षेत्रबाट राष्ट्रलाई अतुलनीय योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने अवार्डको १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुदैछ ।

अवार्डअन्तर्गत गत हप्तामात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।

सो विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडीले आफ्नो क्याम्पेनिङ पनि सुरु गरिसकेका छन् । पिपल्स च्वाईस अवार्डको विजेता चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिनेछ । ई–सेवाबाट भोटिङ प्रक्रिया समेत सुचारु भईसकेको आयोजकले जनाएको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिन गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए ।

यसपटक एक अन्तर्राष्ट्रिय खेलपत्रकारलाई पनि सम्मान गरिने मञ्चले जनाएको छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए