काठमाडौं । कपिलवस्तुमा राष्ट्रिय स्तरको खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको बिहिबार नगरप्रमुख मंगलप्रसाद थारुले उद्घाटन गरेका थिए ।
उनले नगरपालिका खेलकुदमैत्री भएकै कारण बाणगंगामा खेल गतिविधि बढेको बताए ।
नगरको वडा नम्बर ४ र स्थानीय शान्ति दिप क्लबको संयोजनमा बुद्ध रंगशाला जितपुरस्थित कभर्डमा सुरु भएको प्रतियोगितामा विभागीय टिम आर्मी सहित विभिन्न जिल्लाका खेलाडीको सहभागीता रहेको छ ।
प्रतियोगितामा आर्मी, वडा नम्बर ४ सहित रुपन्देही, पाल्पा, नवलपरासी, दाङ लगायतका खेलाडीले भाग लिएका छन् ।
प्रतियोगितामा लागु औषध दुव्र्यसनमा लागेर पुर्नस्थापित बनेका खेलाडीले समेत भाग लिएका छन् ।
प्रतियोगिताको विजेता टिमले ६६ हजार, उपविजेताले ३३ हजार र तृतीय हुने टिमले १६ हजार रुपैयाँ प्राप्त गर्नेछ ।