काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा 'प्रथम तोप–२१ चौतारा साँगाचोकगढी मेयरकप ब्याडमिन्टन प्रतियोगिता' आयोजना हुने भएको छ ।
आयोजक तोप–२१ चौताराले प्रतियोगिता मंसिर २१ गतेबाट सुरु हुने जनाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजकले जनाएको छ ।
पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।
राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।
यस्तै जिल्ला स्तरिय पुरुष एकलका बिजेताले नगद ३० हजार, उपबिजेताले नगद २० हजार र सेमिफाईनलिस्त दुईले जनही ५ हजार प्राप्त गर्ने छन् । युगल तर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५÷५ हजार प्राप्त गर्ने प्रस बिज्ञप्तीमा जनाईएको छ ।
कोरोनाको महामारीका कारण प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट बञ्चित राष्ट्रिय खेलाडीहरुले पहिलो पटक यती ठुलो धनराशी रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न गईरहेका छन् ।
कोरोना महामारिकाबीच नेपालमा ब्याडमिन्टन सुरु हुने यस प्रतियागिता पहिलो समेत हुनेछ । विगत ८ महिना यता नेपालमा कुनै पनि प्रतियोगिता आयोजना हुन पाएको छैन ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण सामाजिक संजाल फेसबुक र युट्युवबाट समेत हुनेछ ।