एजेन्सी । विश्व नम्बर दुई स्पेनिस राफायल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लण्डनमा बिहीबार राति भएको खेलमा ग्रिसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
३४ वर्षीय नाडालले स्टेफानोसविरुद्ध ६-४, ४-६ र ६-२ को सेटमा जित निकाले ।
२० पटकको ग्राण्डस्लाम विजेता नाडालले सेमिफाइनलमा रुसका डानिल मेदभेदेबसँग खेल्ने छन् ।
मेदभेदेब यस अघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।