एजेन्सी । रुसका डानिल मेदभेदेब एटीपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्व नम्बर एक नोभाक जोकोभिचलाई हराउँदै मेदभेदेबअन्तिम चारमा प्रवेश गरेका हुन् ।
लण्डनमा भएको खेलमा पेरिस मास्टर्सको विजेता मेदभेदेबले जोकोभिचमाथि६-३ र ६-३ को सेटमा पराजित गरे ।
यस जितसँगै लगातार दुई जित निकालेको मेदभेदेबले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
जोकोभिचको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।
जोकोभिचले अब एलेक्जेन्डर जेभरेभसँग खेल्नेछ ।
उक्त खेलमा जित निकालेमा जोकोभिचले अन्तिम चारमा स्थान बनाउने छन् ।