एजेन्सी । अष्ट्रियाका डोमिनिक थिम एटीपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्व नम्बर दुई स्पेनिस राफायल नाडाललाई हराउँदै थिम अन्तिम चारमा प्रवेश गरेका हुन् ।
लण्डनमा भएको खेलमा युएस ओपन च्याम्पियन थिमले नाडालमाथि ७-६ (९-७), ७-६ (७-४) को सेटमा पराजित गरे ।
यस जितसँगै लगातार दुई जित निकालेको थिमले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
डोमिनिकले पहिलो खेलमा स्टेफानोसलाई ७-६ (७-५), ४-६ र ६-३ को सेटमा पराजित गरेका थिए ।
नाडालको यो पहिलो हार हो ।
३४ वर्षीय नाडालले पहिलो खेलमा रुसका युवा खेलाडी आन्द्रे रुभलेभमाथि ६-३ र ६-४ को सेटमा जित निकालेका थिए ।