एजेन्सी । विश्व नम्बर दुई स्पेनिस राफायल नाडालले एटीपी फाइनल्समा विजयी सुरुवात गरेका छन् ।
लण्डनमा आइतबार राति भएको खेलमा रुसका आन्द्रे रुभलेभलाईलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेको हो ।
३४ वर्षीय नाडालले रुसका युवा खेलाडीमाथि ६-३ र ६-४ को सेटमा पराजित गरे ।
अब नाडालले अर्को खेलमा युएस ओपन च्याम्पियन डोमिनिक थिमसँग खेल्ने छन् ।
डोमिनिकले पहिलो खेलमा स्टेफानोसलाई ७-६ (७-५), ४-६ र ६-३ को सेटमा पराजित गरेका थिए।