एजेन्सी । रुसका डानिल मेदभेदेबले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् ।
फ्रान्सको पेरिसमा आइतबार राति भएको फाइनल जर्मनीका एलेक्सजेन्डर जेभरेभलाई पराजित गर्दै मेदभेदेब च्याम्पियन बनेका हुन् ।
तेस्रो वरीयताका मेदभेदेबले चौंथो वरीयताका जेभरेभलाई ५-७,६-४ र ६-१ को सेटमा पराजित गरे ।
पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै मेदभेदेबले उपाधि जितेका हुन् ।
२४ वर्षीय मेदभेदेबको यो आठौं एटिपी उपाधि हो ।
यस अघि सेमिफाइनलमा मेदभेदेबले क्यानडाका मिलोस रावनिकलाई पराजित गरेका थिए ।
जेभरेभले भने विश्व नम्बर एक राफायल नाडाललाई हराएका थिए ।