सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

चौतारामा सर्वाधिक धनराशीको ब्याडमिन्टन हुने

शनिबार, २२ कार्तिक २०७७खेलपाटी संवाददाता
चौतारामा सर्वाधिक धनराशीको ब्याडमिन्टन हुने
mustang rice ad

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा 'प्रथम तोप–२१ चौतारा साँगाचोकगढी मेयरकप ब्याडमिन्टन प्रतियोगिता' आयोजना हुने भएको छ ।

आयोजक तोप–२१, चौताराले प्रतियोगिता मंसिर २१ गतेबाट सुरु हुने जनाएको छ । आयोजकले पहिलो पटक जिल्ला सदरमुकाम चौतारामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।

चौतार साँगाचोकगढी नगरपालिका प्रवर्दक रहेको यस प्रतियोगिता नेपालमा आयोजना हुने मध्ये अहिलेसम्मकै सर्वाधिक धनराशीको भएको आयोजकले बताएको छ ।

आयोजकले पहिलो संस्करणमा जिल्ला स्तरिय मेन्स सिंगल र मेन्स डबल तथा दोस्रो चरणमा राष्ट्रिय स्तरीय मेन्स सिंगल प्रतियोगिता संचालन हुने जानकारी गराएको छ ।

जिल्ला स्तरिय प्रतियोगितामा सहभागिताका लागि आयोजकले खेलाडी दर्ता समेत सुरु गरिसकेको छ । आयोजकले १ हजार शुल्क सहित मंसिर १५ गतेसम्म खेलाडी दर्ता समय सिमा तोकेको छ ।

प्रतियोगिताको राष्ट्रिय स्तरीय मेन्स सिंगल विजेताले १ लाख ११ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन् ।
यस्तै सेमिफाइनल पुग्ने दुई खेलाडीले ५ हजारका दरले नगद प्राप्त गर्ने आयोजक टिमका अध्यक्ष अशोक कार्कीले खेलपाटीलाई बताए ।

प्रतियोगिताको जिल्ला स्तरिय मेन्स डबल विजेताले नगद ४० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलमा पुग्ने दुई खेलाडीले समेत ५ हजार प्राप्त गर्ने आयोजक तोप–२१ ले जनाएको छ ।

यस्तै जिल्ला स्तरीय मेन्स सिंगल विजेताले ३० हजार र उपविजेताले २० हजार प्राप्त गर्दा सेमिफाइनलमा पुग्ने दुई खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।

कोरोना महामारिकाबीच नेपालमा ब्याडमिन्टन सुरुहुने यस प्रतियागिता पहिलो समेत हुनेछ । विगत ८ महिना यता नेपालमा कुनै पनि प्रतियोगिता आयोजना हुन पाएको छैन ।

तोप–२१ का अध्यक्ष अशोक कार्कीले स्वास्थ्य मापदण्ड अनुसार प्रतियोगिता आयोजना हुने खेलपाटीलाई जानकारी गराए ।
‘कोरोना महामारीकाबीच हामीले सरकारले भनेजस्तै स्वास्थ्य मापदण्ड अनुसार प्रतियोगिता आयोजना गर्छौं । धेरै भिडभाड नहुने तरिकाले कसरी प्रतियोगिता गर्न सकिन्छ । त्यसकै तयारीमा जुटेका छौंं ।’ कार्कीले खेलपाटीसँग भने ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण सामाजिक संजाल फेसबुक र युट्युवबाट समेत हुनेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज