पोखरा । इण्डोनेशियाको जर्कातामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेल समावेश हुने भएपछि पोखरेली प्याराग्लाइडिङ खेलाडी तथा यसमा संलग्नहरु उत्साहित भएका छन ।
एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावलले जानकारी दिएका छन ।
एशियाली खेलमा नेपाल बाट प्याराग्लाइडिङ बाट दुइ वटा इभेन्टमा १० जना खेलाडीको सहभागिता रहने महासचिव रावलले बताए । प्याराग्लाइडिङको इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्री प्रतिष्पर्धाका लागि कुल १० जना खेलाडीले एशियाली खेलमा सहभागिता जनाउने छन ।
अन्तिम खेलाडी छनौटका लागि चैत १३ र १४ गते टिम एक्युरेसी इभेन्टमा प्रतिष्पर्धा गराइन लागिएको समेत उनले बताए । उक्त प्रतिष्पर्धाको निरिक्षण गर्न युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा १४ गते पोखरा आउने कार्यक्रम रहेको महासचिव रावलले बताए ।
उनले टिम क्रस कन्ट्रीमा विश्वमा टप टेन भित्र नेपालमा नै ६ जना खेलाडी समेत रहेको बताए ।