एजेन्सी । फ्रेन्च ओपनको फाइनलमा राफेल नाडाल र नोभाक जोकोभिच भिड्ने भएका छन् ।
शुक्रबार राति भएको सेमिफाइनलको खेलमा जित निकाल्दै दुवै खेलाडीले फाइनल भिडन्त पक्का गरेका हुन् ।
कीर्तिमानी ग्रान्डस्लाम बराबरी गर्न उन्मुख नाडालले अर्जेन्टिनी खेलाडी डिएगो स्वर्ट्जमानमाथि ६–३, ६–३, ७–६ (७–०) को जित निकाले ।
दुवै खेलाडी खेल जिवनमा ५६ औं पटक भिड्न लागेका हुन् । कुनै अरु खेलाडी एक आपसमा धेरै पटक भिडेका छैनन् ।
अर्को खेलमा जोकोभिचले ग्रिक खेलाडी स्टेफानोस सिट्सिपसमाथि जित निकाले । ३३ वर्षिया जोकोभिचले ग्रिक खेलाडीलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को सेटमा पराजित गरे ।
विश्व नम्बर एक जोकोभिचले जित निकाल्दै फाइनलमा चिरप्रतिद्धन्दी नाडालसग उपाधि भिडन्त पक्का गरे ।
नाडालले उपाधि जितेको खण्डमा उनले रोजर फेडेररको सर्वाधिक २० ग्रान्डस्लाम उपाधिको कीर्तिमान बराबरी गर्नेछन् ।
जोकोभिचले भने मुख्य १८ उपाधि जितेको छन् । उनी भन्दा नाडालले एक र ३९ वर्षिया फेडेररले दुई पटक मुख्य उपाधि हात पारेका छन् ।