एजेन्सी । साविक विजेता राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानलाई हराएर नाडाल उपाधि नजिक पुगेका हुन् ।
१२ पटकको च्याम्पियन नाडालले डिएगोलाई ६-३, ६-३ र ७-६ (७-०) को सेटमा पराजित गरे ।
स्पेनिस नाडाल १३ औं पटक फ्रेन्च ओपनको फाइनलमा पुगेका हुन् ।
अब नाडालले उपाधिका लागि नोभाक जोकोभिच र स्टेफानोस सिट्सिपासबीचको विजेतासँग खेल्ने छन् ।
महिलातर्फको उपाधिका लागि अमेरिकी खेलाडी सोफिया केनिन र पोल्याण्डकी इगा स्विटेकबीच खेल हुनेछ ।