एजेन्सी । अमेरिकी खेलाडी सोफिया केनिन फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
पेरिसमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा चेक गणतन्त्रकी पेट्रा केभिटोभालाई हराएर केनिन उपाधि नजिक पुगेकी हुन् ।
उपाधि नजिक पुग्ने क्रममा केनिनले पेट्रालाई ६-४ र ७-५ को सेटमा पराजित गरिन् ।
चौंथो वरियताकी केनिनले अब उपाधिका लागि पोल्याण्डकी इगा स्विटेकसँग खेल्ने छिन् ।
स्विटेकले सेमिफाइनलमा नाडिया पोडोरोस्कालाई ६-२ र ६-१ ले हराएकी थिइन् ।
१९ वर्षीय स्विटेकको यो पहिलो ग्राण्डस्लाम फाइनल हो ।
५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी हुन् ।