एजेन्सी । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार राति भएको क्वाटरफाइनलमा स्पेनका पाब्लो बुस्टालाई हराएर जोकोभिच अन्तिम चारमा प्रवेश गरेका हुन् ।
विश्व नम्बर एक जोकोभिचले बुस्टामाथि ४-६, ६-२,६-३ र ६-४ को सेटमा जित निकाले ।
पहिलो सेट गुमाए पनि जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए ।
एक पटकको फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले अब ग्रिसका स्टेफानोस सिट्सिपाससँग खेल्ने छन् ।
पाँचौं वरीयता प्राप्त स्टेफानोसले क्वाटरफाइनलमा रुसका आन्द्रे रूब्लेभलाई पराजित गरे ।
स्टेफानोसले रूब्लेभलाई ७-५,६-२ र ६-३ ले पराजित गरे ।
महिलातर्फ अमेरिकी खेलाडी सोफिया केनीनले अन्तिम चारमा स्थान बनाएकी छिन् ।
केनीनले आफ्नै देशकी रोस कोलिन्सलाई ६-४,४-६ र ६-० ले पराजित गरिन् ।