एजेन्सी । चेक गणतन्त्रकी पेट्रा कोभिटोभा फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
पेरिसमा बुधबार भएको क्वाटरफाइनलमा जर्मनीका लौरा सिगमन्डलाई पराजित गर्दै पेट्राले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
सातौं वरीयताकी पेट्राले लौरामाथि ६-२ र ६-३ को सेटमा जित निकालिन ।
पेट्रा आठ वर्षपछि फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेकी हुन् ।
यस अघि उनी सन् २०१२ मा सेमिफाइनलमा पुगेकी थिइन् ।
दुई पटकको ग्राण्डस्लाम विजेता पेट्राले सेमिफाइनलमा अमेरिकी खेलाडी सोफिया केनीन र रोस कोलिन्सबीचको विजेतासँग खेल्ने छिन् ।
अर्को सेमिफाइनलमा इगा स्विटेक र नाडिया पोडोरोस्काबीच खेल हुनेछ ।