एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा इटालीका जानिक सिनरलाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
साविक विजेता समेत रहेका नाडालले सिनरलाई ७-६(७-४),६-४ र ६-१ को सेटमा पराजित गरे ।
१२ पटकको च्याम्पियन नाडालले सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानसँग खेल्ने छन् ।
डिएगोले युएस ओपन च्याम्पियन डोमिनिक थिएमलाई पराजित गरे ।
करिब पाँच घण्टा चेलेको खेलमा डिएगोले डोमिनिकमाथि ७-६ (७-१),५-७,६-७(६-८),७-६(७-५) र ६-२ को सेटमा पराजित गरे ।