एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।
पेरिसमा आइतबार भएको खेलमा अमेरिकी खेलाडी सेबास्टियन कोर्डालाई पराजित गर्दै नाडाल अन्तिम आठमा पुगेका हुन् ।
साविक विजेता समेत रहेका नाडालले कोर्डालाई ६-१,६-१ र ६-२ को सोझो सेटमा पराजित गरे ।
१२ पटकको च्याम्पियन नाडालले अब जान्निक सिन्नरसँग खेल्ने छन् ।
उनले एलेक्सजेन्डर जेभेरेभलाई ६-३,६-३, ४-६ र ६-३ ले हराएर नाडालसँगको भेट पक्का गरे ।
महिलातर्फ शीर्ष वरियताकी सिमोना हालेप चौंथो चरणबाट बाहिरिएकी छिन् ।
रोमानियाकि हालेप पोल्याण्डकी इगा स्विटेकसँग ६-१ र ६-२ को सेटमा पराजित भईन ।
युक्रेनी खेलाडी एलिना स्विटोलिनाले पनि अन्तिम आठमा स्थान बनाएकी छिन् ।
किकी बेर्टेन्स भने चौंथो चरणमा पराजित भएकी छिन् ।